काठमाण्डु, २९ चैत– नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार राति एकाएक चन्द्रागिरीमा देखिए ।

मुलुकको रथ हाँकिरहेका दुई नेतालाई राति चन्द्रागिरीमा देखेर त्यहाँ भएका मानिसहरु अचम्ममा परे । ओली र प्रचण्ड पार्टीका अरु केही नेतासहित छलफलका लागि त्यहाँ पुगेका थिए । राति अबेरसम्म पार्टी एकता टुंगो लगाउने विषयमा दुई नेताबीच कुराकानी भएको स्रोतले जनाएको छ । नेकपामा पार्टी एकता भएको एक वर्ष पुग्दा पनि जिल्ला र त्यसभन्दा तल्ला कमिटीहरुको एकीकरण हुन सकेको छैन ।

पछिल्लोपटक ओली पक्षले माधव नेपाल पक्षलाई पूर्र्वएमालेले पाउने कोटाबाट ७७ मध्ये दुई जिल्ला अध्यक्ष दिएपछि नेपाल आक्रोशित छन् । नेता नेपालले दुवै अध्यक्षलाई सम्मानजनक एकीकरण नभए सबै जिल्लामा सानान्तर कमिटी गठन गर्ने चेतावनी दिइसकेका छन् । नेपाललाई कसरी चित्त बुझाएर पार्टी एकीकरणलाई टुंगोमा पु¥याउने भन्नेबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जानकारी दियो । काठमान्डू टुडे बाट साभार / फाइल तस्बिर