सुनसरी । हिजो राति धरानबाट कार, ट्याक्टर र बस एकआपसमा ठोकिँदा ३ जनाको मृत्यु भएको छ।

धरानबाट इटहरी जाँदै गरेको बा ४ च ४०७६ नम्बरको कारले त्यही दिशाबाट आउँदै गरेको मे १ त ६६९२ नम्बरको ट्रयाक्टर र विपरित दिशातर्फ जाँदै गरेको को १ ख ४७६१ बसमा ठोक्किँदा कारमा सवार ३ जनाको मृत्यु भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मृत्यु हुनेहरुमा इटहरी–५, का अनिल श्रेष्ठ, धनकुटा महालक्ष्मी नगरपालिकाका जनक बुढाथोकी र इटहरी–४, का मदन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

उक्त दुर्घटनामा परी कार चालक र ट्रयाक्टर चालक गम्भीर घाइते भएका छन्। दुवैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।