भद्रपुर । झापामा ट्याक्टर चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका १ बस्ने १९ बर्षीय बिक्रम गौतम रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार बिर्तामोड नगरपालिका ८ स्थित गरामनी बस्ने रामप्रसाद मैनालीको नाममा दर्ता रहेको मे १ त ४०२८ नम्बर को ट्याकटर चोरी भएको भन्दै इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी परेको थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मैनालीको ट्याक्टर चैत २३ गते चोरी भएको थियो । ट्याक्टर चोरी भएको उजुरी परेपछि प्रहरीले गौतमलाई बिर्तामोड नजिकैको जंगलबाट पक्राउ गरेको हो । पक्राउ परेका गौतमसंग ट्याक्टरको बिषयमा सोधपुछ गर्दा चोरी भएको ट्याक्टर बिर्तामोड १ स्थित यातायात ब्यबस्था कार्यालय नजिक फेला परेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

गौतमले ट्याक्टरको ब्याट्री दुई हजारमा पसलमा बेचिसकेको हुदाँ उनलाई थप अनुसंन्धानको लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।