दमक/मोवाइल व्यवसायी संघ दमकमा नयाँ नेतृत्व चयन भएको छ ।
दमकका पुराना एवं स्थापित ब्यवसायी भेनस श्रेष्ठ अध्यक्ष बनेकाछन्।
दमक उद्योग वाणिज्य संघको सभाहलमा भएको अधिवेसनले समितिको उपाध्यक्षमा ओर्गेन राई, सचिवमा खेम सापकोटा, सहसचिवमा दिपेश दाहाल र कोषाध्यक्षमा कविन श्रेष्ठ निर्वाचित भएकाछन् ।
सदस्यहरुमा अजय दाहाल, टंक सिम्खडा, होम सापकोटा र गोपाल शाह निर्वाचित भएको बताइएको छ ।
दमक १ का वडाध्यक्ष तथा दमक उद्योग वाणिज्य संघका तृतीय उपाध्यक्ष ताराप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको थियो ।
संघका अध्यक्ष हरि प्रसाद उप्रेतीले सर्वसम्मत रुपमा नयाँ नेतृत्वलाइ जिम्मेवारी हस्ताण्तरण गरेकाहुन् ।











