कैलाली । कञ्चनपुरको पुनर्वास नगरपालिका- ११ टाउके बजार निवासी महेन्द्र शाही शिकार गरिरहेको अवस्थामा भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।सशस्त्र प्रहरी गण नम्बर ५३ को गस्ती टोलीले शाहीलाई आज बिहान करीव ४ बजेतिर पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीले शाहीबाट भरुवा बन्दुक सहित ६५ वटा सिसाको गोली र आधा किलो बारुद समेत बरामद गरेको छ।पक्राउ परेका शाहीलाई सशस्त्र प्रहरीले थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाएको छ ।