दमक, ३० चैत । नेपाल प्रेस युनियनले दमकमा आज नयाँ वर्ष २०७६ को अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

दमकको पाथीभरा होटलमा आयोजना गरिएको शुभकामना आदानप्रदानमा जिल्लाको माइपश्चिमी क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रमकी प्रमुख अतिथि रहेकी संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बुले पत्रकारहरुको पेशागत व्यवसायिकतामा जोड दिईन् ।उनले प्रजातन्त्र प्राप्ति तथा त्यसको उपलव्धिलाई संस्थागत गर्न प्रेसको खवरदारी जरुरी भएको औल्याईन् ।

युनियन माइपश्चिम क्षेत्रीय समिति दमकका अध्यक्ष विष्णु सुब्बाको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल प्रेस युनियन झापाकी अध्यक्ष इन्दु पूर्वेली, जिल्ला उपसभापति गिरीराज भट्टराई, सचिव डिल्लीराम घोर्षाई, पत्रकार महासंघका प्रदेश समितिका सदस्य विमल लामिछाने, अग्रज पत्रकार गञ्जवहादुर दाहाल लगायतले पत्रकारिता क्षेत्रको व्यवसायिक विकासमा नयाँ वर्षले प्रेरणा मिलोस भन्ने शुभकामना राखेका थिए ।

त्यस्तै, प्रेस संगठनका टिकाराम उप्रेती, एफएम प्लसका प्रवन्ध निर्देशक युवराज भट्टराई, पत्रकार मञ्चका पूर्व अध्यक्षद्धय कृष्ण कार्की,गोपाल झापाली लगायतले समेत नयाँ वर्षको शुभकामना मन्तव्य राखेका थिए ।

युनियनका क्षेत्रीय सचिव अर्जुन राजवंशीले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि सांसद सुव्वालाई मायाको चिनो समेत प्रदान गरिएको थियो । युनियनले वर्षेनी नयाँ वर्षमा अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिआएको छ ।