फागुन २५ गते ।  मार्च ८ ले चिनिने महिलाको महापर्व नेपालमा यसपटक निकै उत्साहपूर्ण वातावरणमा मनाइँदैछ ।  राष्ट्रप्रमुखसँगै व्यवस्थापिका र न्यायपालिकामा महिला नेतृत्व रहेर पनि मार्च ८ को महिमा अहिले अरू बढेको हो ।  ‘बदलिँदो परिवेशमा कामकाजी महिला ः सन् २०३० सम्म बराबरी पाइला’ नारा तय गरेको छ भने अन्तर्राष्ट्रिय रूपमा भने ‘महिला सम्मानको आधार ः सीपयुक्त हात र स्वरोजगार’ नारा छ ।
यो दिवस १०७ औँ संस्करण हो ।  महिला बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्का भन्नुहुन्छ, ‘महिलालाई नेतृत्व तहमा पुगेर मात्रै हुँदैन, सीप र रोजगारीसँगै पहुँच विस्तारमा पनि ध्यान दिनुपर्छ ।  यो दिवसले त्यो सन्देश दिने छ । ’ मन्त्री खड्का अनुसार मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत देशका विभिन्न ३० जिल्लामा महिला सशक्तिकरणका कार्यक्रम सञ्चालनको आजै शुभारम्भ गर्ने छ ।

महिला आयोगका कार्यवाहक अध्यक्ष भगवती घिमिरेले विगतको तुलनामा यो पटक दिवस उत्साहपूर्ण रहेको बताउनुहुन्छ ।  ‘महिला नेतृत्व दुनियाँलाई देखाउनसक्ने अवस्थामा छ तर अब आर्थिक र सामाजिक समानतामा महिलालाई समेटेनुपर्छ,’ उहाँको भनाइ छ ।  राष्ट्रपति विद्या भण्डारी, सभामुख ओनसरी घर्ती र प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वले महिला आन्दोलनले नेपालमा सार्थक उचाइ हासिल गरेको स्पष्ट हुन्छ ।
महिला अधिकारकर्मी शर्मिला कार्कीका मत अलि फरक छ ।  ‘नेतृत्वमा पुग्दैमा धेरै हौसिनु हुँदैन, पुरुष समान पहुँच महत्वपूर्ण कुरा हो ।  आन्दोलनलाई त्यस दिशातिर अग्रसर गराउनुपर्छ’, उहाँको मत छ ।  नेपाल टे«ड युनियन काँग्रेस महिला समिति अध्यक्ष सुधा दाहाल नारा तय गरेअनुरूप वर्षभरि काम हुनुपर्ने बताउनुहुन्छ ।  अब समृद्धिमा महिला सहभागितातिर लाग्नुपर्ने उहाँको धारणा छ ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का महिला समितिका अध्यक्ष गोमा आचार्य पुरुषको बराबरी हैसियतमा महिलालाई पु¥याउने आन्दोलन अबका कार्यदिशा भएको मत राख्नुहुन्छ ।
अठारौँ शताब्दीमा अमेरिकाको कपडा उद्योगमा काम गर्ने महिलालाई समान ज्याला, श्रमिक महिलाको अधिकार, काम गर्ने समयको दैनिक आठ घण्टा निर्धारण गरिनुपर्ने, हरेक कार्यस्थलमा शिशुस्याहार व्यवस्था हुनुपर्ने लगायत माग राख्दै आन्दोलन गरेका थिए ।  ती र अन्य आन्दोलनहरूले १९१० को मार्च ८ बाट कोपनहेगनमा जम्मा भएको १७ देशमा श्रमिक महिलाले रोपेको महिला अधिकारको वृक्ष अहिले अन्तर्राष्ट्रिय रूपमा झाँगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah