जनकपुर- धनुषामा विंगर भ्यानले ठक्कर दिँदा बाबु र छोराको घटनास्थलमै मृत्यू भएको छ। धनुषाका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले मृत्यु हुनेमा सिरहाको लहान नगरपालिकाका वर्ष ३० का श्याम चौधरी र उनकै छोरा ११ वर्षीय अमन चौधरीको ज्यान गएको जानकारी दिएका छन्।

धनुषाधाम नगरपालिका धारापानीस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत मोटरसाईकलमा सवार बाबुछोरालाई भ्यानले ठक्कर दिएपछि दुवैको घटनास्थलमै मृत्यु भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ख ८४३२ भ्यानले बाबुछोरा सवार बा ७१ प १९६३ नम्बर मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो।

ठक्कर दिने भ्यान प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार छन्। चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। नेपाल लाइभ बाट