काठमाडौँ -आइतवार दिउँसो २ बजेबाट बाग्लुङमा परेको भीषण असिनापानीले स्थानीय त्रसित र आतंकित बनेका छन् । बाग्लुङको गौंदीखोला आसपासमा बाढीले धेरै कटान गरेको रेडियो गलकोटका स्टेसन म्यानेजर गौतमले लोकान्तरलाई बताए ।

दिउँसोदेखि शुरू भएको वर्षा कहीं उच्च र कहीं न्यून रहेको छ । हटियाबजार क्षेत्र उच्च जोखिममा रहेको गौतमले बताए । त्यसैको आसपासमा रहेको दुधिलाभाटी अंग्रेजी स्कूल, स्थानीय ईश्वर बुढाथोकी, १ नम्बर वार्ड अध्यक्ष नेत्रबहादुर बुढाथोकी, होमबहादुर नेपालीको घरमा बाढी पसेको छ भने गलकोट उपस्वास्थ्य चौकीमा पनि उच्च जोखिममा रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

थप विवरण आउन बाँकी छ । लोकान्तर बाट साभार