काठमाडौं–संसारभर आइतबार दिउँसोदेखि खोल्न नसकिएको फेसबूकको समस्या अहिले समाधान भएको छ । करीब ३ घण्टा फेसबुक मोबाइल र कम्प्युटर कहीं कतैबाट पनि खोल्न सकिएको थिएन ।

बेलायतको संचारमाध्यम ुएक्सप्रेसुले फेसबूक नखुल्नुको प्रमुख कारणमा ‘अफलाइन सर्भर इस्यु’ भएको जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

युरोप, अमेरिका र एसियाका कतिपय देशहरूबाट फेसबुक नचलेको गुनासो व्यापक रुपमा आएको थियो ।

यस्तो गुनासाहरू मान्छेले ट्विटर र अन्य सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । फेसबूक मात्र नभएर फेसबूक म्यासेन्जरमा पनि समस्या देखिएको थियो ।