कञ्चनपुरको कृष्णपुरमा एक युवकको विभत्स रुपमा हत्या भएको छ । चार दिन अघि वेपत्ता भएका कृष्णपुर नगरपालिका ७ निवासी सुबिल बडायकको बिभत्स हत्या भएको हो ।

गत चैत २८ गते कलुवापुर गाउँमा विवाहमा गएको समयदेखि बडायक बेपत्ता रहेका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बडायकको टाउको र शरिर अलग–अलत भएको अवस्थामा सोमबार खोलामा शव फेला परेको छ । रैकवार विचुवा प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) दिलबहादुर कुँवरले लम्बाचदरको न्युरा खोलामा बडायकको शव फेला परेको जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बडायकको शव परीक्षणको लागि सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ । सई कुँवरकाअनुसार हत्याको आशंकामा तीन महिलालाई नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार बिवाहमा नाचगान चल्दा बिवाद भएपछि उनको बिभत्स हत्या गरिएको अनुमान छ ।

‘विवाहमा डिजेमा नाचिरहेका बेला डिस्कर्स परेको रहेछ, युवतीसहित मिलेर हत्या गरेको आंशका गरेका छौं,’ कुँवरले भन्नुभयो । विवाह र पार्टीको बिषयमा हालसम्म केही तथ्य खुलिसकेको छैन । प्रहरीले अनुसन्धान भइरहेको बताएको छ । जनता टाइम्स बाट