२५ फागुन– एमाले नेताहरुले सप्तरीमा आफ्नो शान्तिपूर्ण सभामाथि बम हान्ने अपराधीलाई कारवाही गर्न माग गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटार पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली सहितका शीर्ष नेताहरुले आफ्नो सभामा बम हान्नेलाई कारवाही नगरी एमालेलाई अभियान स्थगित गर्नु भनेकोमा आपत्ती जनाए ।

सप्तरी घटनाबारे सरकारको दृष्टिकोण बुझ्न भन्दै एमाले नेताहरुले बुधवार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट्न समय मागेपछि सोही समयमा कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको समेत बैठक भएको थियो ।  ‘हाम्रो शान्तिपूर्ण सभामाथि बम हान्नेलाई किन कारवाही गरिरहनु भएको छैन ? लोकतन्त्रमा कसैलाई शान्तिपूर्ण सभा गर्न निषेध, कसैलाई सभामा बम हान्ने अनुमति हुन्छ ?’ भेटवार्तामा एमाले अध्यक्ष ओलीको भनाई उद्धृत गर्दै उपाध्यक्ष भीम रावलले वताए, ‘सप्तरी घटनाका अपराधीमाथि किन कारवाही गर्नु भएन ? अपराधीको मनोवल राज्यले नै बढाउने हो ?’

जवाफमा प्रधानमन्त्री दाहालले एमालेको सभामा बम प्रहार गर्ने, लाठी लिएर आक्रमण गर्ने र एमाले कार्यकर्ताहरुलाई तराईमा कालोमोसो दल्नेहरुलाई कानुनी कारवाही गर्ने वचनवद्धता ब्यक्त गरे । एमाले नेताहरुले सबैले देख्नेगरी खुलमखुला र घोषणा गरेरै अपराध गरे पनि सरकार चुप लागेको बसेको भन्दै आपत्ती जनाएका थिए ।  ‘दललाई आफ्ना कार्यक्रममा प्रवेश निषेध गर्ने कानुन छ ? प्रवेश निषेध गरेको खुलमखुला घोषणा गर्नेलाई कारवाही नगरी किन चुप लागेर बस्नु भयो ? कि उनीहरुलाई कानुन नलाग्ने हो ? उनीहरुलाई कानुन नलाग्ने हो भने त्यस्तै अपराध अरुले पनि गरे हुन्छ ?’ एमाले नेताहरुले प्रधानमन्त्री र गृहमन्त्री समक्ष प्रश्न गरे, ‘सभामा बम आक्रमण ब्यहोर्नु पर्ने हामीले, हाम्रा कार्यकर्तालाई जिल्ला छोड्न उर्दी लगाइने, एकान्त पारेर कालोमोसो दलिदिने, पार्टी कार्यालय जलाउने, के हामीले त्यसको जवाफ नसकेर नदिएका हौं ? सरकारले कानुनको पालना गराउला भनेर पर्खेका हौ । सरकारले अपराधीलाई पक्रेर कानुन  पालना गर्न सक्दैन ? हामीले आफ्नो सुरक्षा आफैं गर्नु पर्ने हो ?’ प्रधानमन्त्री दाहाल र गृहमन्त्री निधिले एमालेले उठाएका प्रश्न जायज रहेको र आफूहरु सुरक्षा दिन सक्षम रहेको भन्दै फेरि प्रतिवद्धता जनाए ।

सरकार कानुन पालना गराउन भन्दा पनि आफ्नो सत्ता सहयात्री मधेसी मोर्चालाई रिझाउन उसको अपराधको वचाउमा लागेको एमाले नेताहरुले वताए । ‘हाम्रो सभाबाहिर पचासौं पेट्रोलबम प्रहार भएको थियो, हाम्रो समयमता र सुरक्षा निकायको मेहेनतले ठूलो घटना हुन पाएन । उनीहरुसँग जम्काभेट नहोस् भनेर हामीले रुट परिवर्तन गर्यौं, कार्यक्रमस्थल परिवर्तन गर्यौं । तर, उनीहरुको नियत निहुँ खोज्ने मात्रै थियो । हाम्रो सभामा हजारौं मधेसी थिए, तर, उनीहरुको आपराधिक झुण्ड मधेसीका नाममा बम बोकेर हाम्रो सभामा आक्रमण गरिरहेका थिए । सुरक्षाकर्मीको सजगताले ठूलो घटना हुन पाएन’ एमाले नेताहरुले भने, ‘तर तपाईंहरुले त्यही सुरक्षा निकायका अधिकारीलाई फिर्ता बोलाउनु भो, कतै तपाईंहरुको पनि सत्ता सहयात्री बम बोक्नेहरुसँग मिलेमतो थियो कि ? शंका लागेको छ ।’

एमाले नेताहरुले आफ्नो बाँकी अभियान शुक्रवार देखि फेरि सुरु गर्ने जानकारी गराएका थिए । प्रधानमन्त्री दाहालले भने सत्तारुढ मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने ७ दिने अल्टिमेटम दिएकाले अभियान सुरु गर्न केही दिन पर्खन आग्रह गरेका थिए । एमालेले भने संविधान प्रदत्त अधिकार प्रयोग गर्न कसैले धम्की दिएर नछोड्ने वताएका थिए । एमाले नेताहरुले चुनाव भाँड्ने कुनै पनि प्रकारका षडयन्त्रलाई आफूहरुले नसहने वताउँदै चुनावबाट पछि नफर्कन प्रधानमन्त्री दाहाललाई दवाव दिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah