चितवन – भरतपुर महानगरपालिका–२६ मिलनचोकमा करेन्ट लागेर मंगलवार बिहान १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ मंगलपुरका ४० वर्षीय हेमराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मिलनचोकस्थित चितवन केवल टेलिभिजनको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । लोकान्तर बाट