बजार बन्द गराउँदै हिडेका मधेसी मोर्चाका कार्यकर्ताहरुलाई व्यवसायीहरुले लखेटेका छन । यो बीरगञ्जको घटना हो । त्यहाँको वजार बन्द गराउदै हिंडेका सत्तारुढ मधेसी मोर्चाका कार्यकर्तालाई बीरगजका ब्यवसायीहरुले लखेटेका हुन । सो क्रममा व्यवसायी र मोर्चाका कार्यकतौबीच केही समय घण्टाघर चोकमा झडप समेत भएको थियो । मोर्चाका कार्यकर्ताहरुले मिनाबजार कम्प्लेक्समा रहेका खुद्रा तथा थोक तरकारी पसलेहरुलाई पसल बन्द गर्न चेतावनी दिएपछि ब्यबसायीहरु बन्दकर्ताको प्रतिकार गर्दै आक्रमणमा उत्रिएका हुन । ब्यबसायीको प्रतिकारमा उत्रदा शरद्सिङ भण्डारीको पार्टी राष्ट्रिय मधेस समाजबादी पार्टी पर्साका अध्यक्ष प्रेमबाबु पटेल घाईते भएका छन् । सयौंको संख्यामा रहेका आक्रोशित ब्यबसायीले सत्तारुढ मोर्चाका कार्यकर्तालाई प्रतिकार गरेपछि घण्टाघर क्षेत्र तनाबपूर्ण भएको थियो । अहिले सो क्षेत्रमा थप झडप हुन नदिन र स्थितीलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गोबिन्द साह र सशस्त्र प्रहरी उपरीक्षक रबिन्द्र ठाकुर आफै घटनास्थलमा खटिएका छन् ।
ब्यापारीले मधेशीमोर्चाका कार्यकर्तालाइ यसरी लखेटे
सवाल नेपालसंवाददाताबुधबार, २३ फागुन २०७३

ब्यापारीले मधेशीमोर्चाका कार्यकर्तालाइ यसरी लखेटे
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



