दमक/स्थानीय तहको निर्वाचनको सरगर्बी बढेसंगै लखनपुर र तोपगाछी मिलेर बनेको कमलनगर गाँउ पालिकामा नेकपा एमालेबाट को गाँउप्रमुखको उम्मेद्वार बन्ला भनेर चर्चा शुरु भएको छ । एमालेको गढ मानिएको यस क्षेत्रमा एमालेको उम्मेदवारलाइ महत्वका साथ हेरिने गरेको पाइएको छ । गाँउप्रमुखको उम्मेदवारहरुमा मेनुका काफ्ले, बेनुप्रसाद शिवाकोटी, शिब ढुंगेल, मणि भण्डारी लगायतको नाम कार्यकर्ताहरुले बहस गर्न थालेकाछन् ।

काफ्ले र शिवाकोटी प्रमुख दाबेदारको रुपमा चर्चा गरिएको छ । अघिल्लो स्थानीय निकाय निर्वाचनमा एमालेको बर्चश्व दूइवटै गाबिसमा रहेको थियो । मेची महाकाली अभियानका कारण आफूहरुले यस बिषयमा खास बहस गर्न नपाएको नेकपा एमालेका एक नेताले बताए । जो भएपनि सर्वसम्मत हुने बताइन्छ । आकाक्षीहरु भने आधा दर्जनभन्दा बढि रहेको जनाइन्छ ।