नवलपरासी (पश्चिम) । नवलपरासी पश्चिममा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ।मृत्यु हुनेमा सुनवल नगरपालिका ३ स्थित रहेको सर्वोत्तम सिमेन्ट फ्याक्ट्रीमा काम गर्ने बाराका १९ वर्षीय चन्दन यादव रहेका छन्।

बुधबार बिहान फ्याक्ट्रीमा मोटरबाट पानी तानी मुख धुने क्रममा करेन्ट लागेर घाइते भएका चन्दनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।