काठमाडौंँ–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्यान जाने गरी भएको हेलिकप्टर दुर्घटनाको जाँच आयोगले प्रतिवेदन बुझाउन अझै समय लाग्ने भएको छ ।
आयोगले दुर्घटनामा निधन भएकाको भित्री अङ्गको फोरेन्सिक जाँचको प्रतिवेदन आउन समय लाग्ने भएकोले प्रतिवेदन तयार गर्न अझै महिना दिन लाग्ने जनाएको छ ।
जाँच आयोगका अध्यक्ष यज्ञप्रसाद गौतमले हेलिकोप्टर निर्माता कम्पनीले छानबिनमा सहयोग पुग्ने गरी केही सूचना दिनुपर्ने हुनाले आफूहरू त्यसको पर्खाइमा रहेकोबताए ।










