बुटवल । गुल्मीमा एक किशोरी बलात्कृत भएकी छिन् ।गुल्मीको छत्रकोट गाउँपालिकामा एक किशोरीलाइ बलात्कार गर्ने एक पुरुषलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका–५ का ४१ वर्षीय हनुमान भन्ने अमिर मियाँ रहेका छन् ।

छत्रकोट गाउँपालिकाकी १५ बर्षिया किशोरीलाइ बलात्कार गरेको आरोपमा अमिर मियाँलाइ पक्राउ गरिएको हो ।प्रहरी प्रबक्ता प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्काका अनुसार मोटरसाईकलमा गुल्मी तर्फ आउँदै गरेका मियाँले मोटरसाईकल रोकेर किशोरीलाई लिफ्ट दिई एकान्त स्थलमा लगेर बलात्कार गरेको बताइएको छ । ईताजा खबर बाट साभार गरिएको हो