काठमाडौं । मलेसियाको राजधानी क्लालाम्पुरबाट काठमाडौं आउँदै गरेको नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोक्किएको छ । विमान अवतरण गर्ने बेलामा पाङग्रामा चरा ठोक्किएको हो ।

वायुसेवा निगमको आरए ४१६ जहाजमा बिहीबार बिहान साढे नौं बजेतिर चरा ठोक्किँएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

धावनमार्गमा गुडिरहेका बेला जहाजको पछाडिको पाङ्ग्र्रामा चरा ठोक्किए पनि कुनै क्षति नभएको कार्यालयले जानकारी दिएको छ । सबै यात्रु पनि सकुशल रहेका अवतरण गरेको बताइएको छ । न्यूज २४ नेपाल टिभी बाट