काठमाडौं । चुनावको घोषणासंगसंगै नेपाली कांग्रेसभित्र बवण्डर मच्चिएको छ । बवण्डर मच्चिनुको कारण चुनाव होइन । पार्टी सभापति शेरबहादुर देउवाले धमाधम उच्च पद लिलाम गर्न थालेपछि बवण्डर सुरु भएको हो । उहिले युरोपमा चर्चहरूले धर्मपत्र बेचेजस्तै गरेर देउवाले पद लिलाम गर्न थालेपछि विपक्षी रामचन्द्र पौडेल खेमा आक्रोशित भएको हो । रामचन्द्र खेमाको भनाई छ–देउवालाई यसरी नै तानाशाह झै एकलौटी गर्न छाडिदिने हो भने कांग्रेस पार्टीले स्थानीय चुनावमा शर्मनाक पराजय भोग्नेछ ।

पराजय भोग्ने त पछिको कुरा भो, देउवाले चुनाव नै स्थगित गराउँछन् भन्ने शंका रामचन्द्र खेमामा रहेको छ । देउवाले चुनावको बाटोमा पार्टीलाई नलगेको, आफ्नो सम्पूर्ण ध्यान ठूलठूला खरिद र राजनीतिक, प्रशासनिक, कूटनीतिक पद लिलाम बढाबढमा केन्द्रित गरेको उनीहरूको आरोप छ । २०७३ फागुन १४ गते शनिबार महामन्त्री डा. शशांक कोइरालाको निवासमा बसेको रामचन्द्र खेमाको वैठकमा सबैले एक स्वरमा भने– देउवाले उच्च पदहरू लिलाम गर्न थाले, देउवा सभापति होइन कमिशनखोर व्यापारी बने । चुनाव भएपनि आफू प्रधानमन्त्री बन्ने ग्यारेन्टी नदेखिएपछि शेरवहादुर देउवाले चुनाव नै नगराउने रणनीति बुन्न थालेको रामचन्द्र पक्षको भनाई छ । आफ्नो निवासमा आउने विभिन्न जिल्लाका नेताहरूलाई देउवाले ‘चुनावको चर्चै नगर्नुस्, यस्तो पाराले चुनाव हुन्छ ? चुप लागेर बस्नुस्’ भन्ने गरेका छन् ।

‘देउवाजी प्रधानमन्त्री बन्ने भनेर माओवादीसंग सम्झौता भएको छैन’ रामचन्द्र खेमाको बैठकमा डा. शशांकको भनाई उधृत गर्दै एक नेताले सुनाए– ‘कांग्रेसले जसलाई अगाडि सार्छ ऊ प्रधानमन्त्री बन्छ, प्रधानमन्त्री बन्न संसदीय दलमा बहुमत प्रमाणित हुनुपर्छ, एक वर्ष पुरानो बहुमत अहिले पनि कायम छ भन्न मिल्दैन ।’ शशांकको यो अर्थपूर्ण भनाईसंगै रामचन्द्र पक्षले देउवालाई संसदीय दलको नेताबाट हटाउने रणनीति बुनेको छ । स्रोत अनुसार, आफूलाई संसदीय दलको नेताबाट हटाउने जालो बुनिंदैछ र हस्ताक्षर अभियान समेत सुरु गरिदैछ भन्ने देउवाले भेउ पाइसकेका थिए । त्यसैले उनले खुमबहादुर खड्का खेमामा गुप्तचरका रुपमा खटाइएका पुष्पा भुषाललाई आफ्नो गुटमा फिर्ता ल्याएका छन् । लागिसकेको गुटबाट पुष्पा सजिलै फिर्ता आउन मानिनन् । यसका लागि उनले आफ्ना पतिका लागि राजदूत पद मागिन् । देउवाले उपहार स्वरुप पुष्पाका पति डा. चोपलाल भुषाललाई राजदूत पद उपहार दिएको रामचन्द्र खेमाको आरोप छ ।

शर्मिला पराजुली, भीम उदास र आशा लामालाई देउवाको परिवारले करोडौं रुपैयाँमा खुलेआम राजदूत पद बेचेको आरोप छ । देउवाले पद बेच्न थालेपछि रामचन्द्र खेमाले कडा प्रतिक्रिया व्यक्त गर्दै केन्द्रीय समितिको वैठक माग गरेको छ, यसका लागि रामचन्द्रले देउवालाई पत्र नै लेखेका छन् । तर, देउवाले राजदूत नियुक्तिको विषयमा केन्द्रीय समितिमा छलफल नगर्ने भन्दै कडा प्रतिक्रिया दिएका छन् । कांग्रेससंग कुनै नाता साइनो नभएका यी तीनजनालाई राजदूत नियुक्त गरिएको विषय एउटा भयो, प्रहरी महानिरीक्षक बढुवा र न्यायाधीश नियुक्ति प्रकरण झन चर्काे छ । फागुन १४ कै शनिबारको भेलामा रामचन्द्रले भने– ‘न्यायाधीश पदमा पुग्न शेरबहादुरजीको परिवारलाई यति पैसा बुझाउनुपर्‍यो भन्ने मानिस म उभ्याइदिन सक्छु ।’ ७२ हजारको नेपाल प्रहरीको फोर्सलाई चिढ्याउदै महानिरीक्षक बढुवामा देउवाले गरेको आर्थिक चलखेल जगजाहेर भइसकेको छ । आफ्ना प्रिय साला भूषण राणामार्फत करोड होइन अर्ब/अर्ब रुपैयाँको कमिशन र घुसको डिल गर्ने काममा रामचन्द्र खेमाको वैठकमा कुरा उठेको छ । कांग्रेसले गर्ने नियुक्तिमा देउवाको सालोले बार्गेनिङ गर्दै हिंडेको भन्दै बलबहादुर केसीले वैठकमा दुखेसो पोखेका थिए । । नेपाल बायुसेवा निगमले किन्न लागेको वाईड बडी एयर बस जहाज खरीदमा दुई अर्ब रुपैयाँको कमिशन खेतीमा तिनै साला भूषण राणामार्फत देउवाले डिल गरेको पनि कुरा उठेको छ । करोडौं करोडका सरकारी ठेक्कापट्टामा पत्नी आरजु राणा र साला राणामार्फत ‘डिल’ गर्ने आदि आरोप सभापति देउवामाथि लगाइएको छ ।

रामचन्द्र खेमाको वैठकमा देउवाले स्थानीय चुनाव पनि हुन नदिने ठहर गरिएको छ । जुन दिन प्रधानमन्त्री पदको ग्यारेन्टी हुन्छ त्यो दिनमात्र स्थानीय चुनावमा अगाडि बढ्ने देउवाको विचार रहेको ठहर गरिएको छ । उता, देउवाले संसदीय दलभित्र आफ्ना विरुद्ध पहिरो गइसकेको बुझेका छन् । स्थानीय चुनाव हुनासाथ रामचन्द्र पक्षले देउवालाई दलको नेताबाट हटाउने निश्चित जस्तै भएको छ । पहिले देउवा बहुमतमा थिए तर खुमबहादुर खेमाले देउवाको साथ छाडिसकेको छ । कृष्ण सिटौलासंग पनि पहिलेजति सांसद नभएको बुझिन्छ ।

देउवालाई रामचन्द्र खेमाले यो एकवर्ष कहिले पनि बाधा व्यवधान गरेन । यो खेमा चुप लागेर बसेको थियो । कांग्रेसभित्र रामचन्द्र गुटको अस्तित्व नै छैन भने झैं दृष्य देखिन थालेको थियो । देउवा सभापति भएको ठीक एक वर्ष भएको छ र २०७३ फागुन १४ गतेको वैठकमा रामचन्द्र र शशांकले एक स्वरमा भने– यो एक वर्ष हामीले शेरबहादुरजीलाई सहयोग मात्रै गर्‍यौं, असहयोग केही गरेनौं तर उहाँले पार्टीलाई ७० को दशको युगाण्डाको राष्ट्रपति इदि अमिन जस्तो परवार मात्र सम्मिलित प्रालि कम्पनीजस्तो बनाउनुभयो ।

रामचन्द्र पौडेल खेमाले अब देउवालाई सहेर नबस्ने अठोट गरेको छ । जानकारहरू भन्छन्– महामन्त्री शशांक कोइराला कहिल्यै देउवा विरुद्ध खुलेर लागेका थिएनन् तर अब लागे ।
यसो हँुदा सभापति शेरबहादुर देउवाले रामचन्द्र खेमाको विश्वास त गुमाए गुमाए उनलाई सभापतिमा जिताउन तनमन, धनले मरिमेटेर सहयोग गर्ने खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, गोपाल मान श्रेष्ठको विश्वास समेत गुमाए । पार्टीलाई अपाङ्ग बनाएर आफू निकटकालाई समेत चिढ्याएसंगै सभापति देउवालाई दशाले कुतकुत्याएको टिप्पणी कांग्रेसका नेताहरूले गर्न थालेका छन् ।

साघुबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah