सल्यान । कपुरकोटमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।कपुरकोट गाउँपालिका ६ खोलिगाउँमा टाउकोमा गहिरो चोट लागेको अवस्थामा एक युवक मृत फेला परेका हुन् । मृत फेला पर्नेमा खोलिगाउँका ४३ वर्षीय फौद बहादुर भण्डारी रहेका छन् । कपुरकोट ५ रिमको तिनडाँडा भन्ने स्थानमा फौद बहादुर मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार युबकको शब टाउकोमा गहिरो चोट लागेको अवस्थामा फेला परेकोले हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरी चौकी कपुरकोटका इन्चार्ज सई सुरेन्द्र बुढाथोकीले जनाएका छन् ।