दमक/झापा दमकका श्याम तिम्सिना नयाँ उदयमान दमकका ब्यवसायी हुन् । जो पछिल्लो समयमा सामाजिक काममा समेत अग्रसर रहेकाछन् । लायन्स क्लव अफ दमक गोल्डमा आवद्ध भएर सामाजिक काममा सक्रिय रहन थालेकाछन् ।

लायन्स क्लव अफ दमक गोल्डका द्धितिय उपाध्यक्ष श्याम तिम्सिनाले विहिबार आफ्नो जन्मोत्सव उर्लाबारीस्थित नमुना बालगृहका बालबालिकाहरुलाइ सहयोग गरेर मनाएकाछन् ।

तिम्सिनाले बाल गृहलाई दैनिक उपभोग्य सामाग्रि चामल, दाल, खानेतेल लगायतका सामग्री उपलब्ध गराएकाकछन् । तिम्सिना सहित क्लवका अध्यक्ष काशि खाती सहितको टोली विहान अनाथश्रम सहयोग लिएर पुगेको थियो ।

तिम्सिनाले जन्मदिनमा फजुल खर्च गर्नको सट्टा अनाथ बालबालिकाहरुलाइ खाद्यन्न सहयोग गर्ने सोच अनुसार आफुले सहयोग गरेको बताए । उनले यस प्रकारको सहयोग आउनेदिनमा समेत रहने जनाए ।

क्लवका अध्यक्ष काशी खातीले लायन्सकर्मीहरु सधै सामािजक सेवामा समर्पीत रहने बताउदै तिम्सिनाले गरेको काम अनुकरणीय भएको भन्दै प्रशंशा गरे । यो खुला दिल भएका मान्छेहरुले गर्ने काम हो जुन हाम्रा उपाध्यक्ष श्याम तिम्सिनाले गरेकाछन्, खातीले भने ।

रिजन चियरपर्सन प्रहर क्षेत्री समेत सहभागि रहेको कार्यक्रमको सञ्चालन क्लवका सचिब नबिन ताम्राकारले गरेका थिए । तिम्सिना कस्मिक पार्टी प्यालेसका सञ्चालक हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah