आजको- पञ्चाङ्ग- वि.सं. २०७६ साल वैशाख ६ गते,शुक्रबार,इश्वी सन् २०१९ अप्रिल १९ तारिख, शकसंवत् १९४१,परिधावी संवत्सर,उत्तरायण, वसन्त ऋतु,नेपाल संवत् ११३९ चौलाथ्व, चैत्र शुक्लपक्ष, तिथि– पूर्णिमा, १७:०५ बजेउप्रान्त प्रतिपदा, नक्षत्र– चित्रा, २०:०८ बजेउप्रान्त स्वाती,योग– हर्षण, १२:०० बजेउप्रान्त वज्र, करण– भद्रा, ५:५७ बजेदेखि वव, १७:०५ बजेपछि वालव, २८:१७ बजेउप्रान्त कौलव,आनन्दादिमा मुसल योग, चन्द्रराशि– कन्या, ८:२७ बजेउप्रान्त तुला, सूर्योदय– ५:३८ बजे, सूर्यास्त– १८:३० बजे र दिनमान ३२ घडी १० पला।व्रत/पर्व पूर्णिमा व्रत,मन्वादि,देवीयात्रा,हनुमान जयन्ती,वैशाखस्नान आरम्भ,बालाजुस्थित बाइसधारा मेला,लमजुङस्थित यलुङपोखरी मेला,ल्हुतिपुन्ही, ल्हुतिस्नान, बौद्ध तेमाल जात्रा,बैतडीको गुजर, बनारसी मन्दिरमा कोटिहोम मेला समाप्ति।

भोलिको- पञ्चाङ्ग-वि.सं. २०७६ साल वैशाख ७ गते,शनिबार,इश्वी सन् २०१९ अप्रिल २० तारिख,शकसंवत् १९४१,परिधावी संवत्सर,उत्तरायण,वसन्त ऋतु,नेपाल संवत् ११३९ चौलागा,वैशाख कृष्णपक्ष,तिथि– प्रतिपदा, १५:३५ बजेउप्रान्त द्वितीया,नक्षत्र– स्वाती, १९:२५ बजेउप्रान्त विशाखा,योग– वज्र, ९:३८ बजेउप्रान्त सिद्धि,करण– कौलव, १५:३५ बजेदेखि तैतिल, २६:५९ बजेउप्रान्त गर, आनन्दादिमा सिद्धि योग,चन्द्रराशि– तुला, सूर्योदय– ५:३७ बजे, सूर्यास्त– १८:३० बजे र दिनमान ३२ घडी १४ पला। व्रत/पर्व-विशालनगरस्थित वैष्णवी देवीयात्रा,ललितपुरमा मत्स्येन्द्रनाथस्नान,बुगन्हवँ, सर्वार्थसिद्धि योग १९:२५ बजेसम्म।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)-अस्वस्थ भइने र सानातिना समस्यामै अल्झिनुपर्ने समस्या आउला,प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,गरिएका कर्मको उचित प्रतिफल पाइनेछ,आजको शुभ अंक ८ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –व्यक्तित्वसँग सहकार्य गर्ने मौका छ,कामको बोझ थपिनाले बढी जिम्मेवारी वहन गर्नुपर्ला,साथ दिने सहयोगी भेटिनेछन्,धार्मिक
क्रियाकलापबाट मनमा शान्ति मिल्नेछ,आजको शुभ अंक ८ रहेको छ ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अरूलाई हुनेछ,पेटको खराबीले अलि सताउला,महत्वाकांक्षी योजना सार्वजनिक गर्दा हानि हुन सक्छ,सचेत रहनुहोला,आजको शुभ अंक १० रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)-गरेका कामको राम्रो मूल्यांकन हुनेछ,दीर्घकालीन योजना बन्नेछन्,कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ,आफ्नो क्षेत्रको नेतृत्व गर्दै यात्रा गर्ने मौका आउला,आजको शुभ अंक १ रहेको छ ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –व्यावसायिक यात्रा सम्भावना छ,दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,आम्दानी प्रशस्तै बढ्नेछ,नयाँ सवारी साधन प्राप्तिको योग छ,नयाँ ज्ञान सिक्ने मौका छ,आजको शुभ अंक ६ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –अधुरा काम सम्पादन गर्न सकिनेछ,मित्रजनको सद्भाव कायम रहे पनि अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,स्वास्थ्य कमजोर बन्ने र काममा चुनौती आइलाग्ने समय छ,आजको शुभ अंक ९ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ,रचनात्मक काम सुरु गर्ने मौका छ,हिम्मत बढ्नेछ,आजको शुभ अंक ५ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)-
आम्दानी प्रशस्तै बढ्नेछ, विभिन्न भौतिक साधन जुट्नेछन्, अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छसुखद समाचारले अझ उत्साह बढ्नेछ,आजको शुभ अंक ३ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–दाम,नाम र प्रतिष्ठा कमाउने बेला छ,रमाइलो भ्रमण सम्भावना छ,व्यावसायिक यात्रा सम्भावना छ,नयाँ सवारी साधन प्राप्तिको योग छ,आतिथ्यपूर्ण सम्मान पाइएला,आजको शुभ अंक ५ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –गोपनीयतामा ध्यान दिनुहोला,संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,शत्रुहरू किनारा लाग्नेछन्,स्वास्थ्यमा पेटसम्बन्धी समस्याले सताउन सक्छ,आजको शुभ अंक ११ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,पढाइलेखाइमा प्रगति होला,गुरुजनको साथ पाइनुका साथै बौद्धिक कार्यमा सफलता मिल्नेछ,आजको शुभ अंक ७ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)-बोलीको प्रभावले अधुरा कार्यहरू पूर्ण हुनेछन्,सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ,रचनात्मक काम सुरु गर्ने मौका छ,आजको शुभ अंक १२ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah