काठमाडौं, ६ बैसाख । वृद्ध भत्ता बढ्ने अपेक्षा बढिरहेका बेला सरकारले भने वृद्ध भत्ता हटाउने तयारी शुरु गरेको छ ।

हरेक निर्वाचनमा दलहरुको चुनावी एजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र खराब संस्कृति भन्दै व्यवस्थित गर्न लागेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वृद्ध भत्ताको सट्टामा सरकारले छोराछोरीको कमाइबाट वृद्ध बुवा आमाको खातामा पैसा पठाउनुपर्ने व्यवस्था गर्न लागको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन् ।

सरकारको प्रवक्तसमेत रहेका मन्त्री बाँस्कोटाले गौमुखी मिडिया सम्मेलनमा भने, ‘छोराछोरी टन्न कमाएर बाहिर हिँड्ने, बुबा आमालाई सरकारले वृद्ध भत्ता दिएर पाल्ने कुराको थिति सधैँ राख्न सकिदैंन, राखिदैंन ।’ नागरिक दैनिकबाट