दमक/झापा दमक नगरपालिका वडा नं. ५ स्थित पशुपति पेट्रोलपम्प स्थित पुर्व पश्चिम राजमार्गमा हिजो दुर्घटना भएको छ ।
पुर्वतर्फ आउदै गरेको दनमा ई ८० नम्बर को सिटीसफारी लाई विपरित दिशाबाट जादै गरेको मे ९ प ९७०३ नम्बरको मोटरसाइकलले ठक्कर दिई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक झापा कमल गाँउ पालिका ६ बस्ने वर्ष १९ को धड्कन राई ,सिटी सफारी चालक दमक ९ बस्ने वर्ष ४२ को हेमराज श्रेष्ठ घाइते भएकाछन् ।











