काठमाडौं । जलाउन भन्दै घाट लगिएको महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा २३ प्रसौनीविर्ताबाट प्रहरीले अन्दाजी २९ बर्षीया अञ्जुदेवीको शव नियन्त्रणमा लिएको हो ।
बीरगञ्जका स्थानिय पन्नालाल दासको श्रीमती अञ्जुदेवीको परिवारका सदस्यबाट हत्या भएको आशंकामा अनुसन्धानका लागि प्रहरीले शब नियन्त्रणमा लिएको हो ।
प्रहरीले मलामी गएकामध्ये कृष्ण दास र उमेश दासलाई नियन्त्रणमा लिएको छ पन्नालाल लगायत परिवारका अन्य सदस्य फरार छन् । परिवारका सदस्यले शव जलाउन भारततर्फ लैजाने प्रयाश गरेका थिए एम्बुलेन्स चालकले नमानेपछि गाउँमै शब जलाउन खोजिएको थियो । तर प्रहरीमा खबर पुगेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । शब छाडेर मलामी भागेकाले पनि घटना शंकास्पद भएको प्रहरीले जनाएको छ ।










