सन्तोष योन्जन तामाङ/नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्वको नेकपा लाई साम्राज्यवादी केपी वलि र गद्दार प्रचण्डले लगाएको प्रतिबन्ध प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ|गणतन्त्र आएको देशमा स्वतन्त्रता नेपाली जनताको अधिकार माथि लगाएको प्रतिबन्धले साच्चिकै अहिलेको सरकार नेपाली जनताका निमित्त उत्तरदायित्व छैन भन्ने नेपाली जनताले बुझिसकेका छन् त्यसैले त नेपाली जनताले फ़ेरि पनि
आफ्नो हकअधिकारका निमित्त आवाज उठाउदै छन् !

नउठाउने पनि कसरी आज दिनहुँजसो भ्रष्टाचार बलात्कारी बढिरहेका छन् ६ महिनाको नाबालक देखि ७६बर्षका बृद्ध आमा समेत बलात्कृत भएका छन् तर सरकार वाला कानमा तेल हालेर बसेका छन् न बलात्कारीलाई कार्वाही गर्न सक्छन् न त भ्रष्टाचारी लाई कार्वाही गर्न सक्छन् बरु उल्टै सरकारले भ्रष्टाचारीलाई र बलात्कारी लाई संरक्षक गरेर राखेका छन् !

जनताले भ्रष्टाचारी र बलात्कारीलाई किन कार्वाही गर्दैनौं भनेर सरकारलाई प्रश्न गर्दा जनताको आवाजलाई प्रतिबन्ध लगाईन्छ अनि जनताले कसरी महशुस गर्ने हामी अहिले स्वतन्त्रता गणतन्त्र अवस्थामा छौं भनेर !

१) केपी वलि र प्रचण्डको समृद्धि नेपाल र नयाँ युग भनेको यहीँ हो जनताको आवाजलाई प्रतिबन्ध लगाएर ?

२) जनताको माग एजेन्डा आवाजलाई प्रतिबन्ध लाएर समृद्धि नेपाल र नयाँ युग भन्न मिल्छ ?

३)दिनहुँजसो हजारौं युवाहरूलाई अरुको देशमा बेचेर समृद्धि नेपाल बन्छन् ?

४)बन्द रहेका कलकारखाना संचालनमा लाएर युवाहरूलाई रोजगार दिनुपर्छ कि पर्दैनन् ?

५) ncell ले सरकारलाई कर तिर्नुपर्छ कि पर्दैनन् ब्याक्तिगत हिसाबले necll बाट पैसा असुलेर हुन्छ ?

६) सरकारी जग्गा बेच्ने ब्याक्तीलाई कानुन लाग्दैन कि सविधान भन्दा माथी छन् ती दलाल?

७) भ्रष्टाचार गर्दैनौं र गर्ने मान्छेलाई छाड्निन्न भन्ने प्रधानमन्त्रीले जहाज किन्दा अर्बौं भ्रष्टाचार भयो खै कार्वाही गरेको ?

८) बलात्कारीलाई सरकारले संरक्षक गरेर राखेका छन् नत्र भने निर्मला पन्तको अहिलेसम्म किन बलात्कारी पत्तो लगाउन सकेको छैनन् सरकारले यति सानो घटनालाई सरकारले छानबिन गर्न सक्दैन भने अरु ठुला घटना कसरी छानबिन गर्लान् ?

हो त्यहीँ आवाजलाई आज प्रतिबन्ध लाएको छ साम्राज्यवादी सरकार केपी वलि र गद्दार प्रचण्डले हिजो गणतन्त्र ल्याउनका निमित्त १७हजार युवा युवतीले बलिदान गरेर सहिद भएका छन् गणतन्त्र केपी वलि र प्रचण्डले ल्याएको हैन सर्वहारा नेपाली जनताले ल्याएको हो त्यसैले नेपाली जनताको आवाजलाई प्रतिबन्ध लगाउने काम बन्द गरियोस् नत्र नेपाली जनताले देशका भ्रष्टाचारीहरु र दलालहरुलाई फ़ेरि पनि बन्दुकको नालले तह लगाउने छन् नेपाली जनताले !

सक्छौं भने भ्रष्टाचारी र बलात्कारीलाई फासीको सजाय दिने कानुन बनाउ जनताले तिमीहरूलाई साथ दिनेछन् नत्र बलात्कारी र भ्रष्टाचारीलाई संरक्षक गर्छौं भने तिमीहरूलाई जनताले जीउँदै आगो लगाउनेछन् एक दिन ! जनताको आवाजलाई भुलेर पनि प्रतिबन्ध लगाउने काम नगरौं सरकार ! ncell लाई कर तिर्न लगाउ नेपाली किसान् लाई कर बढाउने काम नगरा नत्र नेपाली किसानले भ्रष्टाचारी र दलालहरुलाई लखेटेर खेद्नु नपरोस् सक्छौं भने बिदेशिएको युवाहरूलाई बोलाएर आफ्नै देशमा रोजगार देउ बन्द भएका कलकारखाना संन्चलान गरौं हामीले त्यहीँ बिसयमा कुरा गर्दा आज नेपाली जनताको आवाजलाई प्रतिबन्ध लाएको छ ! किन हामीले आफ्नै देशमा रोजगार पाउन् सक्दैनौं र कि नेपाली युवाहरूलाई बेचेर मात्र राज्यकोष मजबुत हुने हो ?

कि भ्रष्टाचार गर्न पैसा पुग्दैन भनेर युवाहरूलाई रेमिटेन्स धेरै भित्र्ययोस भनेर बिदेश खेद्ये हो ? यदि त्यस्तो हो भने युवाहरूले एकपटक भ्रष्टाचारी र दलाललाई तह लगाउन नेपाल फर्किनै पर्ने हुन्छ र हामीहरु फर्किनु पनि तयार छौं नेपाली जनताको आवाजलाई प्रतिबन्ध लगाउने र नेपाली जनताको हकहितका लागि कुनै पनि राम्रा काम नगरेर उखान टुक्का मात्र सुनाएर जनतालाई वाक्क दिक्क लगाई राख्ने हो भने अब बिदेशीएका युवाहरू नेपाल फर्केर दलालहरु लाई ठोक्नु आउदै छन् बिचार गर दलालहरु हो !

 

साम्राज्यवादी सरकारले उल्टै दलाल भ्रष्टाचारीलाई सुरक्षा दिएर राख्ने र निर्दोष जनतालाई ल्याएर दोषी बनाई कार्वाही गर्ने जस्ता हर्कत सरकारले गरेमा नेपाली जनताले अब अन्तिम लडाइँ नेपाल प्रहरी नेपाली सेना सङ हैन दलालहरु सङ लड्ने छन् जनतालाई कम्जोर सम्झिने कोशिश नगर दलाल हो नेपाली जनताले छिट्टै हतियार उठाउन बाध्य हुनेछन् नत्र !

राजनीति गर्ने पार्टी अथवा कुनै पनि संघसंस्थाले नेपालमा आफुलाई चित्तबुझ्दो कुरा नभए सरकारको आलोचना गर्न पाउने अधिकार छ तर अहिलेको साम्राज्यवादी सरकारले२००७सालको राणा शासनको भन्दा पनि कडाइ नियम लागु गरेका छन् नेपाली जनतालाई न बोल्न दिन्छन् न लेख्न दिन्छन् न त गित गाउननै दिन्छन् यस्ता अवस्थामा नेपाली जनताले कसरी सहेर बस्नु सक्छन् त्यसैले अब अन्तिम लडाइँ यो देशका दलालहरु सङ लडनु तयार हुँदै छन् युवाहरू !

देशको अवस्था एकदमै लाचार भएको बेला युवाहरू कसरी चुपचापले बस्नु तपाई हामी अहिले पनि चुपचापले बस्ने हो भने भोलि भारतीय बिस्तारवादीलाई नेपाल सुम्पीनेछन् दलालहरुले अनि त्यतिबेला तपाई हामीले के भन्ने हो नेपाली हौँ भन्ने कि भारतीय हौँ भन्ने हो ?यस् बिसयमा युवाहरूले गम्भीर भएर ध्यानाकषिर्त गर्नैपर्छ ! आज दिनहुँ दिन बलात्कारी भ्रष्टाचारीको संख्या बढो छ तर सरकार भने उल्टै बलात्कारी भ्रष्टाचारीलाई संरक्षक दिएर राखेको तपाईं हामीलाई थाहा भएकै कुरा हो र देखेका पनि छौ ! न सरकारले भ्रष्टाचारी बलात्कारीलाई कार्वाही गर्न सक्छन् अनि जनताले भ्रष्टाचारी र बलात्कारीलाई कार्वाही हुनुपर्छ भन्द जनताको माग आवाजलाई प्रतिबन्ध लगाईन्छ यस्ता सरकारको बिरोध नगरेर कसको बिरोध गर्ने हो त नेपाली जनताले ?
लेख
जनप्रगतिशिल मोर्चा मलेसियाका सचिवालय सदस्य सन्तोष योञ्जन तामाङ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय