ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा दर्शनका लागि हिंडेका एक भक्तजनको मृत्यु भएको छ । धरान उपमहानगरपालिका ४ का अमेरिकन लावतीको उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका सदस्य सचिव उदय भट्टराईले दिएको जानकारी अनुसार ३१ सय मिटर उचाइको माथिल्लो फेदीमा पुगेपछि विहिवार उनी बिरामी भएका थिए । त्यहाँवाट फर्काएर उनलाइ जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको र उपचारकै क्रममा मृत्यू भएको भट्टराइले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड