काठमाडौं–दाङमा अज्ञात समूहले हाइस गाडीमा आगजनी गरेको छ । बिहिवार राति तुलसीपुर अमिलिया सडकखण्डमा बा३ ख ८५९३ नम्बरको गाडीमा आगजनी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बिग्रिएर जगलमा रोकिराखेको सो गाडीमा अज्ञात समूहले आगजनी गरेको खबर पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियोे । यता इलाका प्रहरी कार्यालयका प्रमुख प्रेमबहादुर शाहीले गाडीमा आगजनी गर्ने समूहको खोजीकार्य भइरहेको जानकारी दिएका छन् । लोकान्तर बाट साभार