कञ्चनपुर, २७ फागुन — कञ्चनपुरको आनन्दबजारस्थित नेपाल—भारत सीमाक्षेत्रमा नेपाली नागरिक र भारतीय सीमाबलका बीच कुटाकुट भएको छ । दुई पक्षका नागरिकबीचमा हानाहान भएपछि अहिले सीमाक्षेत्र तनावग्रस्त भएको छ ।

सीमाक्षेत्रमा रहेको आनन्दबजारका नेपालीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कुटपिट गरेपछि तनाव शुरु भएको हो । सीमाक्षेत्रको नेपाली भूमिमा नेपालीहरूले कल्भर्ट बनाउँदै गर्दा भारतीय सुरक्षाकर्मीले सो काम रोक्न भनेका थिए ।

कल्भर्ट बनाएकोे भूमि भारतमा पर्ने भएकोले त्यहाँ कल्भर्ट नबनाउनको लागि भारतीय सुरक्षाकर्मीले नेपाली नागरिकलाई आदेश दिएका थिए । तर विवाद उग्र बन्दै गएपछि सीमामा तनाव भएको हो । विवाद भएपछि भारतीय सुरक्षाकर्मीले नेपाली युवालाई कुटेका थिए ।

एसएसबीले युवाहरूलाई कुटपिट गरेपछि नेपालीहरू सीमामा उत्रिएका छन् । उनीहरू भारतीय हस्तक्षेपको विरुद्धमा नाराबाजी समेत गरिरहेका छन् । नाराबाजी गरेका नेपालीलाई समेत भारतीय सुरक्षाकर्मीले कुटपिट गरेका थिए । त्यसपछि चाहिँ नेपाली पक्षले भारततर्फ ढुंगामुढा गरेका थिए ।

आनन्दबजारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमामा सुरक्षा दिइरहेका छन् । अहिले तनाव बढ्दै गएपछि थप सुरक्षाकर्मीलाई सीमाक्षेत्रमा पठाइएको छ ।

नेपाली पक्षलाई चाहिँ नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयम अपनाउन अनुरोध गरिरहेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर खनालले सीमामा विवाद सिर्जना भएको र विवाद मिलाउनको लागि कोशिश भइरहेको लोकान्तरलाई बताए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली समस्या समाधानको लागि सीमाक्षेत्रतर्फ प्रस्थान गरेको उनले बताए । सामान्य कल्भर्ट बनाउने विषयमा विवाद सिर्जना भएको उनले जानकारी गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah