पोखरा । कृषि तथा बन विज्ञान विश्व विद्यालयका विद्यार्थीहरुले सहायक डिन तथा प्राध्यापक विष्णु ओझालाई कालोमोसो र जुत्ताको माला लगाएका छन्।

त्यसपछि ओझाले ६ जना विद्यार्थी विरुद्ध प्रहरीमा जाहेरी दिए। अहिले प्रहरीले ति विद्यार्थीलाई खोजिरहेको छ। बिद्यार्थी फरार छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर गण्डकी टेलिभिजनको चर्चित कार्यक्रम गण्डकी छड्केले फरार रहेका विद्यार्थी सहित कालोमोसो र जुत्ताको माला लागाइएका प्राध्यापक र प्रहरीको अन्तरवार्ता एउटै कार्यक्रममा समेटेको छ।

चितवनको रामपुरमा रहेको कृषि तथा बन विज्ञान विश्व विद्यालयको यो काण्ड अहिले चर्चित छ।