बाग्लुङ । बाग्लुङको बडिगाड गाउँपालिका २ क्षेत्रेमा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

निसिखोला गाउँपालिका वडा नं. ४ झिवाखोलावाट वुटवलको लागि छुटेको ग १ ज ७०७२ नम्बरको नम्बरको जीप मध्यपहाडी लोकमार्ग छेउको विद्युत पोलमा ठोक्किएर दुर्घटना भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निसिखोला घर भइ हाल वुटवल वस्ने उषा शाही, निसिखोला ४ का  शोभा चन्द र चन्द्रलाल शर्माको अवस्था गम्भीर रहेको प्रहरी चौकी खर्वाङका प्रमुख प्रहरीले जनाएको छ। घाइतेहरुको खर्वाङमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ।