कावासोति ७ बैशाख २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले ३ बर्ष भित्र देशका सबै घरमा बिजुली वत्ती बल्ने दावी गर्नुभएको छ । उहाले देशका दुर्गम स्थानहरुमा समेत तिन बर्ष भित्र विजुली पुगिसक्ने र सोही अनुसार काम भइरहेको बताउनुभयो ।
नवलपुर जिल्लाको एकिकृत सदरमुकाम निर्माण कार्यको शिलान्यास समारोहलाई शनिवार संबोधन गर्दे प्रधानमन्त्री ओलीले भन्नुभयो , “ तिन बर्ष भित्र हरेक घरमा बिजुली पुग्छ , प्रदेश र स्थानीय सरकारले समेत सोही अनुसार काम गर्नु होला । ” दुई तिहाईको सरकार बनिसकेपछि देशले धेरै प्रगति गरिसकेको भन्दै प्रधानमन्त्री ओलीले देश विकासको वाटोमा अघि बढेको बताउनुभयो ।“देश विकासको गतिमा अघि बढिसक्यो , अब पछाडी फर्कदैन ।” ओलीले भन्नुभयो,“देशमा विकास भईरहेको छ , प्रगति भईरहेको छ । आफ्ना बिरोधीहरुले साना साना कुरामा बिरोध गर्ने गरेको भन्दै ओलीले विकासका कामले बिरोध गर्नेहरुको होसहवास उडेको टिप्पणी गर्नुभयो । नारायणीमा पानी जहाज चलाउने , पुर्व पश्चिम रेल कुदाउने आफ्ना योजनालाई कतिपयले मजाकमा उडाएको भन्दै ओलीले ति सबै काम अब केहि समयमानै पुरा हुने बिश्वास व्यक्त गर्नुभयो । “यो सरकार विकास गर्न आएको हो , गफ दिन होईन । ” ओलीले भन्नुभयो “ विकास गरेर देखाएर सरकारले बिरोधीहरुको जवाफ दिनेछ । ”
नवलपुरको धौवादिमा रहेको फलाम खानी तत्काल संचालनमा ल्याउने तयारी भईरहेको भन्दैं खानी संचालनमा आएपछि देशको अर्थतन्त्रमा ठुलो सहयोग पुग्ने ओलिले बताउनुभयो । “ दाउन्नेमा केहि समयपछि सुरुङ मार्ग बन्नेछ , देशका बिभ्रिन्न स्थानमा हामि खनिजजन्य पदार्थहरु खोजीरहेका छौ । प्रधानमन्त्रीले आफ्नो योजना सुनाउनुभयो ,“खेती योग्य जमिनको उपयोग गरिनेछ , जनताको स्वास्थ्य प्राथमिकतामा राखेर अभियानहरु संचालन हुनेछन् , उपचार नपाएर कोहि मर्न पर्ने दिन आउने छैन । ”
नवलपुरलाई दक्षीणको नाका संग जोड्न आफु लडेको स्मरण गर्दे ओलीले एकिकृत रुपमा सरकारी कार्यालयहरु बन्न लागेकोमा नवपुरवासीलाई बधाई दिनुभयो । उहाले नमुना सदरमुकामको रुपमा यसलाई विकास गर्न आबश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ्ग , संघिय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पंडित , राष्ट्रीय सभाका अध्यक्ष गणेश तिमिल्सिना , भुमिसुधार मन्त्री पद्मा अर्याल , गण्डकी प्रदेशका प्रमुख प्रतिप्रक्षी दलका नेता कृष्ण चन्द्र नेपाली , संघिय सांसद तिलक महत , कावासोती नगरपालिका प्रमुख चन्द्राकुमारी पुन , लगायतले बोल्नुभएको थियो । कावासोती नगरपालिका वडा नम्बर ३ मा १८९ विगाह जग्गामा बन्न लागेको एकिकृत सरकारी कार्यालयको शनिवार शिलान्यास गरिएको हो ।










