पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा फेरी अर्को हत्या भएको आशंका गरिएको छ । पथरीशनिश्चरे १ पथरी बहुमुखी अगाडी रहेको सरकारी जग्गामा ब्लड, कपाल र पेन्ट लगायतका सामग्री फेला परेका छन । सिसौघारी रहेको सो जग्गाका २,३ ठाउँका भुइ पूर्णरुपमा माडिएको, सो क्षेत्रको झारमा भर्खर सुक्दै गरेको ब्लड, ब्लड लागेको पेन्ट, लाइटर लगायतका सामान फेला परेको छ ।

पेन्ट र कपाल इलाका प्रहरी कार्यालय पथरीले अनुसन्धानका लागि लागिसकेको छ । सो क्षेत्रमा अहिलेपनि लाइटर र कपाल त्यासै छोडिएको छ । सो क्षेत्रमा अहिले स्थानीयको बाक्लो उपस्थीति रहेको छ । शनिबार मात्र पथरीमा रिना बस्नेतको शव भेटिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनको हत्या वा आत्माहत्या खुलेको छैन । आईतबार भेटिएको सो प्रमाण कस्को हो र शब कहाँ पु¥याइयो भन्ने खुलेको छैन । सो बिषयमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यलय पथरीका प्रहरी निरिक्षक कमल बजगाँईले बताएका छन । पुर्बेली न्यूज बाट साभार