काठमाडौं । एनसेलले एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै पहिलो सिम अफर प्रस्तुत गरेको छ । यो सिमको मूल्य एक रुपैयाँ कायम कम्पनीले जनाएको छ ।

सिममा दिन र रातको डाटा प्याकहरु, प्रत्येक पटकको रिचार्जमा एसएमएस र डाटा बोनस तथा माइ फाइभ समावेश भएको पनि कम्पनीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सिम प्राप्त गर्न विद्यार्थीले एसईईको प्रवेश पत्र र अभिभावकको नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो एक थान उपलब्ध गराउनुपर्ने कम्पनीले जनाएको छ । सिममा समावेश अफरहरु अन्तर्गत १७.७० मा दैनिक डाटा प्याक उपलब्ध हुने कम्पनीले जनाएको छ ।