वैशाख ०८ इटहरी । मोरङ र पथरीशनिश्चरेकी रिना बस्नेतको शुक्रबार राती घट्ना रहस्यमय बन्दै गएको छ । अबस्थामा शनिबार बिहान मृत फेला परेकी बस्नेत मादक पदार्थ खाएर लठ्ठ भएकी रिनाको आफ्नै ब्वाईफेण्डबाट हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार उनको अबैध सम्बन्धको कारण हत्या भएको हुन सक्ने जनाएको छ पथरीमा आयोजित कन्सर्ट र छिमेकी साथीको छोराबो जन्ददिनमा मादक पदार्थ सेवन गरेको र डेरामा आएर पनि छोरालाई कोक र आफले वियर खाएको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यलय पथरीका इन्स्पेक्टर कमल बचगाईले बताए । अहिले हत्या हो या अन्य घट्ना पोष्टमाटमको रिपोर्ट नआए सम्म भन्न सकिएन इन्स्पेक्टर

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बजगाईले भने मृतकका श्रीमान बैदेशिक रोजगारीमा रहेका छन । केहि अबैध सम्बन्धको कारण पनि हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । बिच बजारमा नग्न अबस्थामा हत्या हुँदा समेत प्रहरीले सुँईको नपाउनु र दिनभर मृतकको फोन आउनुले घटना थप शंकास्पद बनाएको छ । केही महिना यता बारम्बार पथरीमा घटनाहरु भईरहेका छन । पथरी प्रहरी यस बिषयमा निकम्मा बनेको स्थानीयको आरोप छ ।शव नजिक रगत भेटिएका कारण बस्नेतको बलात्कारपछि हत्या गरेको हुनसक्ने आशंका प्रहरीको छ ।

कस्मेटिक पसल सञ्चालन गर्दै आएकी बस्नेतको कोठामा सांगितिक कार्यक्रमपछि डेरामा मदिरा सेवन गरेजस्तो देखिएको छ । अनुसन्धानमा खटिएको प्रहरीका अनुसार महिलाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका पनि गरेको छ । संचार पाटि बाट साभार