काठमाडौँ । मोबाइलमा ब्याट्री चाढै सकिने समस्या नहुने सायदै कम होला । स्मार्टफोन चलाउने धेरैको गुणासो हुन्छ ब्याट्री किन टिक्दैन् । यद्यपी मोबाइलमा ब्याट्री चाँडै सकिने समस्या विभिन्न कारणले हुने गर्छ । ब्याट्री बिग्रनु स्मार्ट फोनमा प्राविधिक समस्या आउनु । अक्सर केही प्रयोगकर्ताको बानीको कारण पनि ब्याट्री चाँढै सकिने समस्या आउँछ । त्यसकारण आज हामी तपाईहरुलाई स्मार्ट फोनमा चार्ज टिकाउन सुधार्नु पर्ने केही बानीको बारेमा बताउन गइरहेका छौँ ।
१.लाइभ वालपेपर : यदि तपाईको मोबाइलको स्क्रिनमा तैरिरहेको माछा जस्तै अन्य वालपेपरहरु रहेको छ भने त्यसलाई हटाउनुहोस् । किनकी यसको चालले स्मार्टफोनको ब्याट्री धेरै खपत हुन् ।
२.स्क्रिनको चहकिलोपना कम गर्ने : स्मार्टफोनको स्क्रिनमा बढी चहकिलोपन छ भने त्यसले धेरै ब्याट्री खपत गर्छ । यदि तपाईको मोबाइलमा ब्राइटनेसको लागि अटो मोड छ भने त्यसको प्रयोग गर्नु राम्रो हुन्छ । ब्राइटनेशलाई ५० प्रतिशतको आसपासमा राख्ने । यसो गर्दा ब्याट्री कम खपत हुन्छ । आँखालाई पनि खासै असर पर्दैन् ।
३.अनावश्यक एपहरुबाट बच्नुहोस् : आजभोली स्मार्ट फोनमा अनावश्यक एपहरु राख्ने चलन रहेको छ । निशुल्क पाइने भएको कारण चाहिने नचाहीने जस्तो सुकै एपहरुपनि डाउनलोड गर्ने बानीलाई पनि छोड्नुहोस् ।
४.क्यामरा तथा भिडियो प्रयोग केहीबेर रोक्ने : यदि स्मार्ट फोनमा ब्याट्री कम छ भने क्यामेरा र भिडियो कम प्रयोग गर्ने । यसो गर्दा ब्याट्री टिकाउन सकिन्छ ।
५.भाइब्रेसन मोडमा नराख्ने : स्मार्टफोनमा रिंगटोनको तुलनामा भाइब्रेटमा हुँदा धेरै उर्जा खपत हुने भएकाले स्मार्ट फोन भाइब्रेसनमा राख्नुुहुँदैन् ।
६.ब्लुटुथ, वाइफाइतथा मोबाइल डाटा : आवश्यकता भन्दा बाहेक स्मार्टफोनमा ब्लुटुथ, वाइफाइ तथा मोबाइल डाटा अन गरेर राख्नु हुँदैन् । यदि यस्ता डाटाहरु अन गर्ने बानी छ भने मोबाइलमा ब्याट्री टिक्दैन् । त्यसकारण यो बानीलाई बदल्नुपर्छ ।
७.लोकेसन सर्भिसन अफ गर्ने : स्मार्ट फोनमा लोकेसन सधै अन गरेर राख्नु हुँदैन् । यसले पनि ब्याट्री धेरै खपत गर्छ । त्यसकारण आवश्यकता नभएको बेला लोकेशन अफ गर्ने बानी गर्नुपर्छ ।










