२६ फागुन । नेपाली भुभाग कन्चनपुरको आनन्दबजारमा भारतीय सिमा सुरक्षाबल (एसएसबी)ले नेपालीहरुमाथि गरेको ज्यादतीविरुद्ध वाइसिएले साँझ देशरभर प्रदर्शन गर्ने भएको छ ।
नेपाली भुमिमा निर्माणाधिन कल्भर्टहलको विषयलाई लिएर भएको विवादमा नेपाली नागरिक गोविन्द गौतमको एसएबीले चलाएको गोलि लागेर मृत्यु भएको छ । सरकारलाई कुटनीतिक पहल गर्दै दोषीउपर सजाँए दिलाउन र नेपाली सुरक्षाकर्मी मार्फत स्थानिय नागरिक तथा नेपाली भुभागको सुरक्षा गर्न माग गरेको योङ्ग कम्युनिष्ट लिग (वाइसिएल)का संयोजक नेपबहादुर कुँवरद्धारा जारी प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।
वाईसिएलले बिहिवार (आज) साँझ हत्या काण्डका विरुद्ध देशभर प्रर्दशन गर्ने उल्लेख छ ।
यस्तो छ प्रेस वक्तव्य
कन्चनपुरको आनन्दबजारमा भारतीय सिमा सुरक्षाबल एसएसबीले नेपालीहरुमाथि गरेको ज्यादती र हत्याप्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ।
नेपाली भुमिमा निर्माणाधिन कल्भर्टहलको विषयलाई लिएर भएको विवादमा नेपाली नागरिक माथि भारतीय सुरक्षबल एसएसबीले गरेको कुटपिटपश्चात प्रतिरोधमा उत्रिएका नेपाली नागरिकमाथि गोली चलाउँदा गोविन्द गौतमको हत्या समेत भएको घटनाप्रति हाम्रो संगठन रोष प्रकट गर्दछ ।
मृतक परिवारप्रति संमवेदना सहित नेपाल सरकारलाई कुटनीति कपहल गर्दै दोषीउपर सजाँए दिलाउन र नेपाली सुरक्षाकर्मी मार्फत स्थानिय नागरिक तथा नेपाली भुभागको सुरक्षागर्न ध्यानाकर्षण गर्दछौं ।
साथै संगठनका सम्बन्धित कमरेडहरु तथा युवाहरुलाई आजै साँझ हत्याकाण्डका विरुद्ध देशभर प्रर्दशन गर्न अपिल गर्दछौं ।
क्रान्तिकारी अभिवादन सहित !
नेपबहादुर कुवँर, विवेक
संयोजक
एकता राष्ट्रिय सम्मेलन संयोजन समिति



