काठमाडौँ । गर्मी मौसम सुरु भएसँगै मानिसमा विभिन्न किसिमक समस्याहरु देखिने गर्छ । धेरै गर्मी सहन नसक्ने व्यक्तिहरुको शरिरमा घमौरा निस्कने गर्छ । ढाँड हुँदै आउने घमौरा शरिर भरि नै छाउँछ । यसरी गर्मीका समयमा आएको घमौरा औषधी गर्दा पनि निको नभएर मानिसहरु चिन्तित भएका हुन्छन् । त्यसकारण आज हामी तपाईहरुलाई घरमै बसेर घमौराको उपचार गर्ने घरेलु उपायबारे बताउन गइरहेका छौँ ।

१.निमको पात : यदि तपाईलाई घमौरा निस्किएको छ भने निमको पात पानीमा उमालेर घमौरा आएको ठाउँमा लगाउनुहोस् ।

२.नरिवलको तेल : घमौराको अर्को औषधीको हो नरिवलको तेल । एउटा कपूरलाई १ चम्चा नरिवलको तेल मिसाएर घमौरा आएको ठाउँमा लगाउनुहोस् यसो गर्दा घमौरा निको हुन्छ ।

३.चन्दन : एक चम्चा गुलाब जलमा आधा चम्चा चन्दन पाउडर मिसाउन र घमौरा आएको ठाउँमा लगाउने गर्दा पनि घमौरा आएको निको हुन्छ ।

४.तुलसी : तुलसीको डाँठलाई चन्दनजस्तै घोट्ने र त्यसको लेप बनाएर घमौरा भएको ठाउँमा लगाउने यसो गर्दा घमौरा चाँडै निको हुन्छ ।

५.काँक्रा : काक्रालाई काटेर एक गिलास पानीमा राख्ने र त्यसमा कागती हालेर घमौरा आएको ठाउँमा लगाउनुहोस् यसो गर्दा घमौराबाट राहत मिल्छ ।

६.बरफ : यदि तपाईलाई घमौरा आएको छ भने घमौरा आएको ठाउँमा प्लास्टिकको झोलामा बरफ राखेर १० मिनेट घमौरा आएको ठाउँमा सेक्ने यसो गर्दा पनि घमौरालाई निको पार्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय