धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट गोरखा जाँदै गरेको बा. ४ ख १४१५ नम्बरको बस ओभेर टेक गर्ने क्रममा सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा केही घाइते भएका छन् । उनीहरुको गजुरीमा उपचार भइरहेको छ । ईमेज खबर बाट साभार










