मेरो एकजना छिमेकी आन्टी थिइन्, जो टाउकोमा सधैं ‘पल्लु’ बाँधिरहन्थिन् । उनकी एउटा छोरी थिइन्, जो मेरी सहेली हुन् । म ती आन्टीको घरमा आउनेजाने गरिरहन्थेँ । हाम्रो घरमा कसैले पनि ‘पल्लु’ बाँध्दैनथे, बरु जिन्स लगाउँथे ।

मेरो वरपरका छिमेकीहरु मलाई सोध्थे–तिम्रो घरमा बुहारीले जिन्स लगाउँदा हजुरआमाले केही भन्नु हुन्न ? म यी सबै कुरा बुझ्न सानै थिए । मलाई कुनै मतलब पनि हुँदैन्थ्यो । मैले एक दिन हजुरआमालाई सोधेँ– पल्लो घरको आन्टीले किन जिन्स प्यान्ट लगाउनु हुँदैन र सबैले पल्लुले आफ्नो टाउको छोप्नुपर्छ भनेर किन भन्छिन् ? के छ र जिन्स कपडामा त्यस्तो लगाउनै नहुने ? हजुरआमाले मलाई हाँस्दै त्यस्ता बेकम्फुसे कुरामा ध्यान नदिन भन्नु भयो । उनीहरु जुन तरिकाले बाँचिरहेका छन् त्यसैमा खुसी छन् । हामी जसरी बाँचिरहेका छौँ त्यसैमा हामी खुसी हुन सक्नुपर्छ ।

हजुरआमाले मलाई सधैं आफ्नो काम आफैँ गर्नुपर्छ भनेर सिकाउनु हुन्थ्यो । उहाँले मलाई धेरै कुराहरु सिकाउनु भयो । छिमेकमा फाेहाेर भएकाे देखे मलाई सफा गर्न पठाउनु हुन्थ्यो । मैले सफा गरिरहको देखेर मेरा साथीहरु हाँस्थे । मलाई निकै खल्लो लाग्थ्यो । म हजुरआमासँग अरुकाे काम किन मलाई लगाउनु हुन्छ ? भनेर सोध्थेँ । सरसफाई गर्दा र अरुलाई सहयोग गर्दा केही बिग्रदैन, कोही सानो पनि हुFदैन भनेर भन्नुहुन्थ्यो ।

होलीमा होलीका जलाउँदा पनि आँगन म नै सफा गर्थे । बच्चैमा सिकेका यीनै कुराले मलाई ठुलो भएपछि कपडा धुन, किचेन–बाथरुम सफा गर्न कहिल्यै कुनै गाह्रो र संकोच भएन । म अहिले पनि यी काम बिना कुनै हिचकिचाट गर्छु । जीवनको यो उमेरमा आएर पनि बालपनका कुराहरु सोच्छु र आफ्नो ‘अपब्रिंगिंङ’ एकदमै राम्रोसँग भएकोमा खुसी हुन्छु । मलाई हजुरआमाले सधैं स्वाभलम्बि हुन सिकाउनु भयो ।

म सधैं दिनमै सपना देख्ने मान्छे थिए । स्कुलको पढाईमा मेरो ध्यान कमै जान्थ्यो । तर मलाई कसैले च्यालेन्ज गरेपछि भने म उसलाई गलत सावित गर्न आफ्नो ज्यान लगाई दिन्थेँ । एक दिन स्कुलमा कसैले चिढायो र भन्यो – तिम्रो ‘साइन्स’ एकदम कमजोर छ तिमी डाक्टर बन्न सक्दैनौं । त्यसपछि मेरो दिमागमा यहीँ कुरा घुमी रह्यो । त्यसपछि मैले खुबै मिहिनेत गर्न थालेँ, दिनरात एक बनाएर पढेँ । मेरो नतिजा आउँदा सबै छक्क परेका थिए । मैले कक्षामै साइन्समा सबैभन्दा धेरै अंक ल्याए । च्यालेन्ज दिने स्वभाव सानैदेखि ममा विकसित भयो । मेरो यसै स्वभावले मलाई धेरै ठाउँमा नोक्सान पनि गर्यो । जहाँ कसैसँग च्यालेन्ज हुँदैन्थ्यो अथवा प्रतिस्पर्धा नभएको ठाउँमा म सधै पछि सुस्त हुन्थे र पछि पर्थे । तर फेरि कसैले च्यालेन्ज गर्यो अथवा भड्कायो भने फेरि म भड्की हाल्थे ।

सन् १९८५ आसपासको कुरा हो, म त्यतिबेला आर्मी पब्लिक स्कुलमा पढ्थेँ । ‘गर्ल जस्ट वान्ट ह्याभ फन’ नामक एक अमेरिकी कमेडी फिल्म चलेको थियो । फिल्म चाणक्यपुरीमा चलेको थियो, जुन हामी बस्ने ठाउँबाट टाढा थिएन । एक दिन हामी दुई–तीन जना केटीहरुको समूह बनाएर स्कुल ‘बंक’ गरेर फिल्म हेर्न गयौँ । समस्या त त्यसबेला भयो जब हामी पकडियौं । कुरा त्यतिमै सुल्झिएन । प्रिन्सिपलसम्म पुग्यो ।

म त्यस्तो काम पनि गर्न सक्छु भनेर उहाँलाई पत्याउनै गाह्रो भयो । उहाँ मेरो कर्तुत देखेर अचम्मित हुनु भयो र स्कुलमा मेरी आमालाई बोलाइयो । मैलै अब यसो गर्दिन भनेर सबैसँग माफि मागे । तर मैले त्यस्तो गैरजिम्मेवार काम धेरै गरेको थिइन । यस्तै कामहरु कहिले स्यावासी, कहिले ठाँटसँगै मेरो स्कुल जीवन सकियो । राम्रौ अंक ल्याएर पास गरे ।

फिल्मप्रतिको मेरो साेख पहिले देखि नै थियो । मलाई लाग्छ अभिनय मैले जन्मदै ल्याएको कुरा हो । अभिनय मात्रै होइन, कलाकारितामा मेरो सानैदेखि लगाव थियो । म यो विश्वासका साथ भन्न सक्छु । नृत्य, संगित र पेन्टिङमा पनि म राम्रो थिए । म जुन वातावरण र परिवेशमा हुर्केँ बढे त्यहाँ एकातर्फ राजनीति, आदर्श, र मुल्य मान्यताका कुरा हुन्थेँ भने अर्काेतिर मेरो कलाकारिता थियो ।

मलाई याद छ मलाई पहिलोपटक फिल्मको अफर आउँदा म त्यस्तै १८–१९ कि थिएँ । अफर आएको फिल्म नेपाली थियो र फिल्मको नाम थियो–फेरी भेटाैंला ।

म अझै पनि राम्रोसँग सम्झन सक्छु पहिलोपटक मलाई फिल्मको अफर आउँदा घरका सबैले नगर, हुँदैन भनेका थिए । बाबा र आमाले हुँदै हुँदैन भन्नु भयाे । तर मेरो पक्षमा हजुरआमा हुनुहुन्थ्याे । उहाँले मलाई साथ दिनुभयाे । घरमा उहाँको कुरालाई काेही नकार्न सक्दैन्थे । दिदीले सबै कुरा मिलाइन्, धेरै विद्रोह गर्नु परेन ।

दिदीकै सहयोगले मैले सिनेमामा काम गर्न पाएँ । फिल्म रिलिज पनि भयो । त्यसपछि मलाई बम्बई (मुम्बई) जाने मन थियो । बाबाले बम्बईको फिल्म दुनियाँबारे फोहाेर र नराम्रो कुराहरु अखबारमा पढ्नु भएकाे थियाे । बढाई–चढाई गरेर लेखिएका तीनै अखबार पढेर बाबाले पनि बम्बई फिल्म उद्योग राम्रो छैन भन्ने मानसिकता बनाउनु भएकाे थियाे । र मलाई फिल्ममा काम गर्न स्वीकृति दिनु भएन ।

बाबालाई लाग्थ्यो– प्रकाश कोइरालाकी छोरी फिल्ममा गई, बम्बई गई भने मान्छेहरुले के सोच्लान ? तर हाम्रो परिवारमा आफूभन्दा ठूलाले गरेको निर्णय सबैले मान्ने चलन थियो । हजुरआमाको कुरा कसैले पनि काट्न सक्दैनथे । बाबाले पनि । हजुरआमाले मलाई यस्तो अवस्थामा साथ दिनुभयाे र आमाले मलाई बम्बई लिएर जानुभयाे ।

लाइभहिन्दुस्तानमा ‘मेरी कहानी’ ब्लगअन्तर्गत प्रकाशित भएको ब्लगको सम्पादित अंश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah