नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ६ मा महिलाहरुको लागी ३ महिने सीपमुलक सिलाई कटाई तालिम आज देखी सुरु भएको छ। जन जागृती अपाङ्ग संस्था नवलपरासीको आयोजना तथा प्रतापपुर गाऊपालिका वडा नं ६ को वडा कार्यालयको सहयोगमा शुरु भएको कार्यक्रममा वडाध्यक्ष रामहरि उपाध्यायको अध्यक्षता तथा गाऊपालिका प्रमुख राजकुमार शर्माको प्रमुख अथित्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख शर्माले तालिममा सहभागी भएका सहभागीहरुलाई सिप प्राप्त गरी रोजगारी स्वरुप बनाऊन सकिने बताऊनु भयो। साथै यस किसीमको सिपमुलक तालिमको लागी आफु सधै तयार रहेको बताऊनु भयो। कार्यक्रममा छबिलाल हरिजन, सुनिता पौडेल, संजय कुशवाहा,उमेश बिक, बच्चा राजभर लगायतहरुको सहभागिता रहेको थियो । उक्त तालिममा करिब २० जनाको सहभागिता रहने आयोजकले जनाएको छ।










