काठमाडौँ – घोडाघोडीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।किशोरीमाथि सामूहिक बलात्कार गर्ने ६ जना पक्राउ परेका छन् ।सामूहिक बलात्कार गर्ने घोडाघोडी नगरपालिका १ का केशव भनेर चिनिने राकेश गिरी,रुपेश चौधरी,लक्ष्मण रावल,हिमराज क्षेत्री,नरेन्द्र बिक र नवीन शाही रहेका छन् ।उनीहरुलाई कैलालीबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरुले १६ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार गरेका हुन् ।
प्रहरी कार्यालय कैलालीका अनुसार आफन्तको विवाहमा जाने क्रममा घोडाघोडीको जङ्गलमा ७ जनाको समूहले किशोरीलाई इन्जेक्सन लगाई सामूहिक बलात्कार गरेका हुन् ।किशोरी माथि सामूहिक बलात्कार गरेको भन्दै उजुरी परेपछि प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । बलात्कार गर्ने अझै एक जना फरार रहेको प्रहरीले जनाएको छ । किशोरीको घोडाघोडी अस्पताल र नेपालगन्जमा उपचार हुन नसकेपछि काठमाडौमा उपचार भइरहेको छ ।










