काठमाडौं, बैशाख ८
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ ओटै जिल्लाको अध्यक्ष र सचिवको टुंगो लगाएको छ । लामो गृहकार्यपछि नेकपाले सो निर्णय लिएको हो ।
भर्खरै सम्पन्न सचिवालय बैठकले सवै जिल्लाका अध्यक्ष र सचिवको नाम टुंगो लगाएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । लामो समयदेखि जिल्लाको नेतृत्वको बिषयमा सहमति हुन नसक्दा नेकपाको जिल्ला तहको एकताको टुंगो लाग्न सकेको थिएन ।
आजको बैठकले सवै अन्यौलता चिर्दै जिल्लाको अध्यक्ष र सचिव टुंगो लगाएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । ‘जिल्लाको अध्यक्ष र सचिवको टुंगो लागेको छ,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो ।











