धरान । धरान –११ कै सुकुम्बासी बस्तीमा संघीय सांसद जयकुमार राई र धरान उपमहानगरपालिकाका मेयर स्वर्गीय तारा सुब्बाको नाम रहेको जग्गामा समेत सुकुम्बासी बसोबास रहको पाइएको छ ।
स्वर्गीय सुब्बाको ३ कठ्ठा जग्गामा सुकुम्बासीको घर छ भने सांसद् जय कुमार राईको एक कठ्ठा जग्गामा समेत बस्ती बसेको छ । इन्जिनियरिङ क्याम्पसका कर्मचारी मानध्वज राई लगायतको जग्गामा समेत सुकुम्बासीले घर बनाएर बसोबास गर्दै आइरहेका छन् । जग्गाधनीले पटक–पटक आफ्नो नाममा रहेको जग्गाको विषयमा सोधीखोजी गर्न र खाली गर्नको निम्ति ताकेता गरेपनि असफल बनेको छ ।
धरान उपमहानगरपालिकाले घर नम्बर वितरण गर्ने क्रममा व्यक्तिको नाममा रहेको जग्गामा सुकुम्बासीको बसोबास रहेको पाइएपछि समस्या भएको छ । ‘घर नम्बर वितरण गर्दै जाँदा व्यतिmको नाममा रहेको जग्गामा सुकुम्बासी घर छ, जग्गाधनीहरु धमधाम निवेदन लिएर अव्यस्थित बसोबास भुमिहीन सुकुम्बासी व्यवस्थापन समितीमा आइरहेका छन्’,समितीका उपाध्यक्ष हरि कार्कीले भने ।










