काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी स्वास्थ्य परिक्षणका लागि त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी छिन्। राष्ट्रपति भण्डारी नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल गएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ।

आज बिहान नियमित स्वास्थ्य परिक्षणका लागि शिक्षण अस्पताल पुगेकी भण्डारीको इण्डोस्कोपी गरिएको र उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।