दमक/ झापाको दमकमा बचत तथा ऋण कार्यक्रम अन्र्तगत सञ्चालित हलेसी कृषि सहकारी संस्थाले सुविधा सम्पन्न कार्यालय सहित सेवा शुरु गरेको छ ।
सोमबारदेखि सेवा शुरु गरिएको सहकारीका अध्यक्ष प्रविण चाम्लिङ्गले बताए ।
दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले कार्यालय तथा सेवाको उद्घाटन गरेका थिए ।
वडा नं. ७ पृथ्वी मार्गमा सहकारीको कार्यालय रहेको छ ।
सहकारीका सदस्यहरुलाइ अधिकतम सेवा र सहज रुपमा पहुँच पुर्याउने उदेश्य रहने पनि बताईएको छ ।











