काठमाडौँ - नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका तत्कालीन मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली 'सुदर्शन' पुर्पक्षका लागि जेल चलान भएका छन् । ललितपुर जिल्ला अदालतले सुदर्शनसहित ६ जना अन्यलाई थुनामा राख्ने आदेश दिएको हो ।
काठमाडौँस्थित एनसेलको मुख्यालयमा बम बिष्फोट गराएको आरोपमा सुदर्शनलाई प्रहरीले पक्राउ गरेको थियो ।










