काठमाडौं– धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्बरकाे यात्रुबाहक बस डडेलधुरामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

भीमदत्त राजमार्गअन्तर्गत गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्कमा बुधबार बिहान बस दुर्घटना भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीसहित स्थानीय अहिले घटनास्थल पुगेर घाइतेको उद्धारमा जुटेको छ । बसमा ४० जना यात्रु सवार रहेको बताइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ । लोकान्तर बाट साभार