२७ फागुन– विभिन्न पेशा सम्बद्ध बुद्धिजीवीहरुले निरन्तर बढेको भारतीय अत्याचार अन्त्य गर्न भारतसँग आन्तराष्ट्रिय कानुन मुताविक ब्यवहार गर्न नेपाल सरकारसँग माग गरेका छन् । भारतीय हस्तक्षेप र अत्याचार निरन्तर भइरहे पनि नेपाल पक्ष भारतसामु निरिह रुपमा प्रस्तुत हुने गरेको दृष्टान्त पेश गर्दै उनीहरुले कञ्चनपुरमा नेपाली नागरिकमाथि भारतीय सीमा सुरक्षा बलले गाली हानी हत्या गरेकोमा तिब्र विरोध जनाएका छन् ।

लेखक पत्रकार र विभिन्न पेशा सम्बद्ध ३० जना बुद्धिजीवीहरुले यस्तो विज्ञप्ति जारी गरेका हुन् । भारतीय सीमा सुरक्षा बलले नेपाली भूमिमा आएर गोली चलाउँदा नेपाली नागरिक गोविन्द गौतमको निधन भएको थियो । ‘विगत लामो कालदेखि सीमावर्ति क्षेत्रहरुमा भारतीय सैन्यबलले नेपाली नागरिकमाथि निरन्तर अत्याचार गर्दैआएको छ। यो लामो शृङ्खला सदाका लागि अन्त्य गर्न तथा नेपालको सार्वभौम भूमि र नेपाली नागरिकसँग अन्तर्राष्ट्रिय कानुनमुताविक व्यवहार गर्नका लागि भारतीय पक्षसँग प्रष्ट, खरो र दह्रोसँग प्रस्तुत हुनसमेत् हामी नेपाल सरकारसँग निवेदन गर्दछौं’ विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुले भारतीय अर्धसैनिक बलद्वारा अन्तराष्ट्रिय कानुन विपरित गरेका अत्याचारलाई तत्काल कडा शब्दमा भारतसमक्ष कुरा उठाउनु पर्ने र निधन भएका गौतमको परिवारलाई उचित क्षतिपूर्ति भराउने, लुटिएका सम्पत्ती फर्ता गर्नु पर्ने घाइते भएकाको उपचार गराउन पहल गर्नु पर्ने उल्लेख गरेका छन् । ‘भारतीय अर्ध्दसैनिक बलले अन्तर्राष्ट्रिय कानूनविपरीत नेपाली भूमिमा प्रवेश गरि नेपाली नागरिकमाथि गरेका अत्याचार र मृतकका बिषयमा नेपाल सरकारले तत्कालै भारत सरकार समक्ष प्रष्ट शब्दमा कडा विरोध जनाउनुपर्छ। र, उनीहरुले चलाएकोगोलीबाट मृत्यु वरण गरेका गोविन्द गौतमका परिवारलाइ उचित क्षतिपूर्ति, घाइतेहरुको राम्रो उपचार तथा लुटिएका र तोडफोड गरिएका धनसम्पति फिर्ता र क्षतिपूर्ति गराउन नेपाल सरकारले भारत सरकारसँग तुरुन्तै सम्वाद अघि बढाओस् भनेर आग्रह गर्दछौं’ विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा आनन्दराम पौडेल, रतन भण्डारी, भरत दाहाल, ध्रुबहरि अधिकारी, शारदा भुसाल झा, रतन चन्द, जनकमान डङ्गोल, डा.प्रेमसिंह बस्न्यात, पुन्य गौतम, विश्वास, कमल कोइराला, डा।विनोद न्यौपाने, कृष्णराज कोइराला क्रीश, अग्नीपुञ्ज हरि चन्द, बाबुसिंह थापा, साध्यबहादुर भण्डारी, रत्नसंसार श्रेष्ठ, डा.बिष्णुराज उप्रेती, डा.भूवप्रसाद त्रिपाठी, इन्द्रप्रसाद न्यौपाने, हिरण्यलाल श्रेष्ठ, यज्ञप्रसाद थपलिया, केशवप्रसाद भट्टराई, डा.नीलमकुमार शर्मा, पवन ओझा, डा. प्रदीप ढकाल, रामप्रसाद श्रेष्ठ, डा.सुरेन्द्र केसी, डा.सूर्यराज आचार्य, विमल गौतम र ठाकुर बेल्वासेले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah